११ महिनापछि दुधौलीका मेयर प्रहरी हिरासतमा

सिन्धुली — किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवार ११ महिनापछि प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार अधिकारी मंगलबार आफैं प्रहरी कार्यालय उपस्थित भएका हुन्। उनीविरुद्ध गत वैशाखमा १८ वर्षीया युवतीले जाहेरी दिएकी थिइन्। जाहेरीमा आफू १७ वर्षकी हुँदा मेयरबाट जबरजस्ती करणीमा परेर गर्भवती बनेको र बच्चासमेत जन्माएको उल्लेख छ।

उक्त युवती दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा घटना भएको दाबी गरिएको छ। प्रहरीका अनुसार शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो। त्यसपछि जाहेरी दर्ता भए पनि आरोपी मेयर फरार अवस्थामा थिए। प्रहरीले हाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर