सिन्धुली प्रहरीमा ‘स्मार्ट कन्ट्रोल’ रुम

सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणालीको सुरुवात गरिएको छ ।

नेपालमा जिल्लास्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली ९इमर्जेन्सी रेस्पोन्स सिस्टम० लागू गरिएको यो पहिलो पटक हो ।

सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रुमको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार, स्मार्ट प्रहरी कन्ट्रोल रुममार्फत ‘१०० एप’ को प्रयोग गरी जिल्लाभरका मातहत युनिटहरूमा तत्काल सूचना सम्प्रेषण गर्न सकिनेछ ।

यस प्रणालीबाट सम्बन्धित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरू थप जिम्मेवार बन्ने, डिस्प्याच भएका सूचनाहरू व्यवस्थित रूपमा रेकर्ड हुने तथा सूचना ढिलो प्राप्त भएको बहाना अन्त्य हुने अपेक्षा गरिएको छ ।

‘सिन्धुलीमा कार्यरत नेपाल प्रहरीले आपत्कालीन कलहरू व्यवस्थापन गर्न र फिल्डमा खटिने टोलीहरूबिच समन्वय गर्न प्रयोग गर्दछ । जिल्लाको ‘स्मार्ट कन्ट्रोल रुम’ बाट सञ्चालन हुने यस प्रणालीले परम्परागत रूपमा हातले गरिने रेकर्ड ९म्यानुअल लगिङ० लाई विस्थापित गर्दैवास्तविक समयको र्ट्याकिङ ९रियल–टाइम र्ट्याकिङ० र स्वचालित स्रोतव्यवस्थापनको सुविधा प्रदान गर्दछ,’ सुवेदीले भने ।

प्रहरीका अनुसार कार्यालय प्रमुखले एक्सेल फर्म्याटमा विभिन्न रिपोर्ट निकालेर डाटा विश्लेषण गर्न सक्ने, दैनिक गतिविधि तथा बन्द–विरोध कार्यक्रमहरूको जानकारी प्राप्त हुने र खटिएका प्रहरी कर्मचारीलाई थप जिम्मेवार बनाउन सहज हुनेछ ।

प्रणालीमार्फत घटनाको फिल्ड रिपोर्ट प्राप्त गर्न सकिने, अपराध अनुसन्धानलाई थप बस्तुनिष्ठ र प्रभावकारी बनाउन मद्दत पुग्ने, स्मार्ट प्रहरी कन्ट्रोल रुमले प्रहरी अनुसन्धानका कागजी प्रक्रियालाई एकरूपता दिँदै “पेपरलेस” अवधारणालाई व्यवहारमा उतार्ने अपेक्षा छ ।

त्यस्तै प्रत्येक कल र चालिएका कदमहरूको समय९टाइमस्ट्याम्प० डिजिटल रूपमा रेकर्ड हुने भएकाले लापरवाही हुनेसम्भावना घट्ने, पहिरो र सडक दुर्घटनाको उच्चजोखिममा रहेको सिन्धुलीमा यस प्रणालीले एउटै इन्टरफेसमार्फत बहु–निकाय ९प्रहरी, दमकल, र स्वास्थ्य सेवा० बिच द्रुतसमन्वय गराउन सक्षम बनाउने जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।

कम्प्युटर–एडेड डिस्प्याच प्रणाली जडानका लागि इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसीको सक्रियता तथा स्थानीय पालिकाहरूले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर