‘जान्नेलाई छान्ने’ रास्वपा नेता नै डाँका चोरी आरोपमा पक्राउ

सिन्धुली  ।  “जान्नेलाई छान्ने” नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् पूर्ववडा सभापति नै डाँका चोरी तथा लुटपाटको आरोपमा पक्राउ परेका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका–९ निवासी रास्वपा पूर्ववडा सभापति सरोज प्रसाद फुयाललाई प्रहरीले डाँका चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भीमानका प्रहरी निरीक्षक राजु केसीका अनुसार फुयाललाई पटक–पटकको निगरानी र प्रयासपछि गएराति दुई बजे चोरखोला क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार फुयालले बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग हुँदै भीमान नाका भएर पशुपन्छी बोकेर आवतजावत गर्ने सवारीसाधनलाई रोकी अवैध रूपमा रकम असुल्ने गरेका थिए। गाई, भैँसी, राँगा, खसी, बाख्रा र कुखुरा बोकेका गाडीलाई रोक्दै नगद तथा क्यूआरमार्फत रकम उठाउने गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा केही सवारीधनीबाट नगद तथा क्यूआरमार्फत ५० हजार रुपैयाँसम्म असुलेको प्रहरीको दाबी छ।

फुयालविरुद्ध ८ भन्दा बढी जाहेरी परेको प्रहरीले जनाएको छ। जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी डाँका तथा चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर