सिन्धुलीमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ भव्य रूपमा सम्पन्न
सिन्धुलीमाढी । नेपाली सेनाका अवकाश प्राप्त सैनिकहरूको सम्मान तथा एकताको उद्देश्यले आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ शनिबार उपसम्मेलन केन्द्र सिन्धुलीमा भव्य रूपमा सम्पन्न भएको छ।
भवानी बक्स गणको व्यवस्थापनमा सिन्धुलीमाढीस्थित माझीटारमा रहेको श्री नं. ९ बाहिनी अड्डाको प्रांगणमा सम्मेलन आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि श्री नं. ९ बाहिनी अड्डाका सहायक रथी भूमिभक्त बरालले सम्मेलनको उद्घाटन गर्दै भूतपूर्व सैनिक तथा उनीहरूका परिवारजनप्रति सम्मान व्यक्त गरेका थिए। उनले ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ हिताधिकारी कमलामाई नगरपालिका–५ जरायटार निवासी १०२ वर्ष १० महिना १७ दिन पुग्नुभएकी लिला खड्कालाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए।
सम्मेलनमा अन्तरक्रिया कार्यक्रमसँगै स्वास्थ्य समस्या तथा अपांगता भएका भूतपूर्व सैनिकहरूलाई ह्वीलचेयर वितरण गरिएको थियो।

जिल्लाभित्रका करिब सात सय जना भूतपूर्व सैनिक तथा उनीहरूका परिवारजनको सहभागिता रहेको भवानी बक्स गणका गणपति प्रमुख सेनानी सुदीप कुमार विष्टले जानकारी दिए।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया