सिन्धुलीका अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका–३ ग्वाल्टार निवासी सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले हाल बागमती प्रदेश प्रमुखसमेत रहेका पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसउपर चित्त नबुझेमा सिफारिस प्रकाशित भएको मितिले ७ दिनभित्र उजुरी दिन सकिने गृह मन्त्रालयले जनाएको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर