ज्यान जोगाउन पार्टी फेरेपछि… ‘अभियुक्त’ कार्की नयाँ रंगमा

सिन्धुली, मंसिर १ । जेन्जी आन्दोलनको उग्रतामा सरकारी कार्यालयदेखि सर्वसाधारणका घरमा समेत आगो लगाइएका र तोडफोड गरिएका घटनामा संलग्न दीपक कार्की अन्ततः राजनीतिक रंग बदल्न बाध्य भएका छन्। प्रहरीको फन्दामा पर्दै गएपछि ज्यान जोगाउन ‘राजनीतिक छाता’ खोज्दै उनी पूर्वमाओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) मा प्रवेश गरेका छन्।

गत भदौ २४ गते उग्र भीडको अग्रपंक्तिमा देखिएका कार्की धुराबजारमा स्थानीयको जनकारबाहीमा समेत परेका थिए। सोही जनकारबाहीमा घाइते भएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका थिए र उपचारका लागि काठमाडौँ लगिएको थियो।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तर्गतको युवा संगठनका जिल्ला अध्यक्षबाट सिधै माओवादी केन्द्रको शरणमा पुगेका कार्कीको पार्टी प्रवेश कार्यक्रममा नेता लेखनाथ दाहाल (राजन) ले मुख्य भूमिका निर्वाह गरेका थिए।  दाहालले उनको भाइ दिनेश कार्की सहित संन्जिवमगर,विसु राई, सुमन मगर, राजु तामाङ, धनराज मोक्तान र अर्जुन थापामगरलाई आइतबार खादा, माला र अविर लगाएर उनको भव्य स्वागत गरेएका थिए।

कार्कीमाथि सरकारी संरचना तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र संगठित दंगा गरेको अभियोगमा मुद्दा दर्ता भइसकेको छ। तर, ‘राजनीतिक संरक्षण’ को आश्वासन पाएपछि उनले रातारात पार्टी परिवर्तन गरेको निकट स्रोतले बताएको छ।

यो मामिला अझ रोचक छ— चालु मुद्दा र प्रहरी अनुसन्धानकै बीचमा राजनीतिक दल परिवर्तनले कति हदसम्म संरक्षण दिन सक्छ, त्यो अझै प्रश्नको घेरामा छ। तर कार्कीले भने पार्टी प्रवेशसँगै आफू सुरक्षित भएको अनुभव गरिरहेको बुझिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर