सिन्धुलीमा स्रोत नखुलेको १५ लाख,सहित एक चिनियाँ र तीन नेपाली पक्राउ
सिन्धुली, कात्तिक २५ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२ झनझनेमा प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक र तीन नेपालीलाई नियन्त्रणमा लिएको छ।
मङ्गलवार दिउँसो करिब २ बजेर झनझने प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किका कार चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार सवारीसाधनको पछाडि राखिएको टायरभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा रु. १५ लाख नगद फेला परेको थियो। रकमको स्रोत खुल्न नसकेपछि प्रहरी टोलीले उक्त नगद, कार र गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा परेकामध्ये चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षका आदिल हमिद रहेका छन्। सोही सवारीमा ऐ.ऐ. बस्ने २१ वर्षीया आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन र ३२ वर्षीय चिनियाँ नागरिक XIONG CHANGYE सवार रहेका थिए।
उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइँदै गरिएको प्रहरीले जनाएको
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया