सिन्धुलीमा झण्डोत्तोलनसहित संविधान दिवस मनाइयो

३ असोज, सिन्धुली । संविधान दिवसको अवसरमा  जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्राङ्गणमा झण्डोत्तोलन गरिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त कार्यालयले सरसफाइपछि सामान्य सेवा सञ्चालन गर्दै संविधान दिवस विशेष समारोहसहित मनाएको हो ।

शुक्रबार (आज) बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले झण्डोत्तोलन गरेका थिए । सो अवसरमा नेपाल प्रहरीले झण्डा सलामी अर्पण गरेको थियो । समारोहमा जिल्ला प्रशासनका कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी, पत्रकार तथा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले व्यवहार, कार्यशैली र सुशासनमा सुधार ल्याउन सबै सरोकारवालाको ऐक्यवद्धता र प्रतिवद्धता आवश्यक रहेको बताए ।

जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारी युवाहरूले प्रशासनमा रहेको झण्डा डण्डीसहित उखेलेर लोकतान्त्रिक चोकमा गाडेका थिए । त्यसयता क्षतिग्रस्त प्रशासन कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर