सिन्धुलीमा खैरो हिरोइनसहित सुनसरीका एक युवक पक्राउ

सिन्धुली, ५ भदौ /  प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार दिउँसो २ बजे भिमान चेकपोस्टबाट लागूऔषध खैरो हिरोइनसहित सुनसरीका एक युवकलाई पक्राउ गरेको छ।

बर्दिबासबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुबाहक गाडीमा सवार सुनसरीको कोशिटप्पु गाउँपालिका-०३ स्थायी घर भई हाल सिराहा, कल्याणपुर बस्ने २३ वर्षीय जितेन्द्र कुमार राउतलाई खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचनाअधिकारी, प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले माईशिर डटकमलाई दिएका छन्।

सुवेदीका अनुसार, राउतले हिरोइन काठमाडौं तर्फ लुकाएर लैजाँदै थिए। उनको साथबाट शुद्ध तौल ४१ ग्राम ७७० मिलिग्राम खैरो हिरोइन फेला पारी नियन्त्रणमा लिइएको थियो। पक्राउ कार्यपछि उनलाई ईलाका प्रहरी कार्यालय भिमानमा राखेर अनुसन्धान सुरु गरिएको छ। प्रहरीले लागूऔषध नियन्त्रण ऐनअनुसार आवश्यक कानुनी कारबाही अघि बढाउने जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर