ज्यानसम्बन्धी कसुरमा फरार तीनकन्याका आले पक्राउ

सिन्धुली, ४ भदौ / ज्यानसम्बन्धी मुद्दामा दोषी ठहरिएर फरार रहेका गोलन्जोर गाउँपालिका–४  निवासी भीमबहादुर आले मगरलाई प्रहरीले लामो समयपछि सिन्धुलीमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका–४ (तीनकन्या) मुलडाँडा  बस्ने ६८ वर्षीय आलेलाई बुधबार बिहान घर नजिकैको बारीमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको हो। नियन्त्रणमा लिएपछि उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ।

२०७९ साल माघ १२ गते सिन्धुली जिल्ला अदालतले  ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै आलेलाई १ महिना ८ दिन कैद सजाय तोकेको थियो। तर फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुबेदीले माईशिर डटकमलाई जानकारी दिए ।

अनुसार फरार अभियुक्तलाई नियन्त्रणमा लिन निरन्तर खोजी भइरहेको थियो।  अब उनलाई  भोली  अदालतमा पेश गरी फैसला कार्यान्वयन गर्ने बताए । प्रहरीले अन्य फरार अभियुक्तलाई पनि खोजी रहेको र चाँडै नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिएको जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर