सिन्धुली प्रहरीले खुर्कोटबाट समात्यो ४० लाखको कपडा र कार

सिन्धुली, २ साउन / ईलाका प्रहरी कार्यालय खुर्कोटले चेकजाँचका क्रममा ठूलो परिमाणमा बिलबिजक नभएको सामान बरामद गरेको छ।
शुक्रबार चेकजाँचका क्रममा बा प्र–०१–०३१ च ८३५९ नम्बरको कारबाट लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीका अनुसार बरामद गरिएका कपडाको अन्दाजी मूल्य ५ लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ भने सो कारको मूल्य ३५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। यसरी बरामद गरिएका कार र सामानको जम्मा मूल्य करिब ४० लाख १४ हजार ९ सय रुपैयाँ बराबर रहेको छ ।
बरामद गरिएका सामान र सवारीसाधनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।