मनसुनको प्रकोप: बिपी राजमार्ग राती १२ घण्टा बन्द, यात्रु कहाँ रोकिँदै?

सिन्धुली, १ साउन  /  मनसुनको प्रकोपका कारण बाढी–पहिरोको जोखिम उच्च भएपछि बिपी राजमार्गमा एक महिनासम्म रातको समयमा यातायात सञ्चालन रोक्ने निर्णय गरिएको छ।

नयाँ व्यवस्थाअनुसार सिन्धुलीबाट काठमाडौंतर्फ जाने सवारीसाधनहरू नेपालथोक, खुर्कोट र सिन्धुलीमाढीमै रोकिने छ भने काठमाडौंबाट आउने सवारी काभ्रेभन्ज्याङमै रोकिने व्यवस्था मिलाइएको छ।

काभ्रेभन्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा यातायात सञ्चालन पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ। मनसुनमा बाढी तथा पहिरोको सम्भावना बढेकाले यात्रुको सुरक्षा र जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।

यसअघि पनि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा निकाय र प्रशासनबीचको अन्तरजिल्ला समन्वय समितिको निर्णयअनुसार असार ७ गतेदेखि करिब १० घण्टा राति यातायात बन्द गरिएको थियो। सो निर्णयलाई थप १५ दिन विस्तार गरी असार मसान्तसम्म लागू गरिएको थियो।

अब नयाँ निर्णयले एक महिनासम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सवारी साधन राजमार्गमा गुड्न नपाउनेछ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यात्रु र चालकलाई अनिवार्य रूपमा यो निर्णय पालना गर्न आग्रह गर्दै सम्भावित विपद्जन्य घटनाबाट जोगिन सचेत रहन अनुरोध गरेको छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर