सिन्धुलीमा निजी विद्यालयका बस चालकहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना 

सिन्धुली, असार २८ /  विद्यालय बसका चालक तथा सहचालकहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा लागूऔषध दुर्व्यसनविरुद्धको सचेतना कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय महासंघ (नेशनल प्याब्सन) सिन्धुलीको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण उप्रेती, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, प्रहरी निरीक्षक राजकुमार खड्का र जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलीम अन्जुमले ट्राफिक नियम, लागूऔषध दुर्व्यसनको असर, कानुनी दायित्व, र विद्यालय बस निर्देशिका २०७४ का विषयमा जानकारी गराएका थिए।

त्यस्तै, ट्राफिक प्रहरी सहायक निरीक्षक कृति घलानले नियम उल्लंघन, जरिवाना र ट्राफिक सुरक्षाका अन्य पक्षमा प्रकाश पारेका थिए। सचेतना कार्यक्रममा सिन्धुली जिल्लामा सञ्चालित नेशनल प्याब्सनमा आबद्ध विद्यालयका सवारी चालक र सह- चालकहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष उप्रेतीले भने, “विद्यालय बसका चालक-सहचालक केवल सवारी चालक होइनन्, उनीहरू विद्यार्थीका लागि शिक्षक, अभिभावक र सञ्चालक पनि हुन्। तपाईंहरूको मानसिक, शारीरिक र चारित्रिक अवस्था असन्तुलित भए दुर्घटनाको जोखिम बढ्छ।” त्यसैले ट्राफिक नियम पालना गर्नुहोला। यो हामी सबैको दाहित्व हो । उनले भने।

सचेतना मूलक सो कार्यक्रम राष्ट्रिय निजी तथा आवासीय विद्यालय महासंघ (नेशनल प्याब्सन) सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षतामा सम्पन्न भएको थियो।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर