जयवीर देउवा जोडिएको भिडियो प्रकरणः पत्रकार पाठक अदालतमा

काठमाडौँ / युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पत्रकार दिलभूषण पाठक काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले असार १६ गते साइबर अपराधसम्बन्धी अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो। अब मुद्दामा थुनछेक बहस हुने भएको छ।

पाठकले हिल्टन होटलसम्बन्धी भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडेर भ्रामक र आपत्तिजनक टिप्पणी गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।

यसअघि उच्च अदालतले असार ५ गते पाठकलाई पक्राउ नगर्न आदेश दिएको थियो। उक्त आदेशका कारण प्रहरीले उनलाई नपक्राउ गरी मुद्दा दायर गरेको हो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर