गोप्य सूचना मिल्ने बित्तिकै प्रहरी पुग्यो… अनि भेटियो यस्तो!

सिन्धुलीमाढी । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८, हात्तीसारबाट एक युवक लागु औषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भीमानका अनुसार १९ वर्षीय चन्द्र बहादुर तामाङलाई आइतबार लागू औषधसहित नियन्त्रणमा लिइएको हो।
गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक भीम बहादुर कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा, उनी सुत्ने कोठाको ओछ्यानमुनि लुकाएर राखिएको अवस्थामा ७४ चक्की ट्रामाडोल फेला पारेको हो। ट्रामाडोल एक प्रकारको प्रतिबन्धित सूचीमा परेको औषधि हो, जुन प्रायः दुर्व्यसनका लागि प्रयोग गरिन्छ।
प्रहरीका अनुसार तामाङमाथि लागू औषध राख्ने, सेवन गर्ने र वितरणमा संलग्न भएको आशङ्कामा अनुसन्धान सुरु गरिएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर