सिन्धुलीमा १०७ किलो गाँजा बरामद, चालक नियन्त्रणमा

सिन्धुली, १६ जेठ २०८२। प्रहरीले सिन्धुलीको झनझने चेकपोष्टबाट १०७ किलोग्राम गाँजा बरामद गरेको छ।
सिमेन्टको बोरामा लुकाएर ल्याइएको प्र.२-०३-००१ च. ५६७१ नं. को सिमेन्ट लोड बलेरो पिकअपमा गाँजा सहित चालकलाई हरिहरपुरगढी गाउँपालिका -२ स्थित झनझने चेकपोष्टबाट प्रहरीले नियन्त्रमा लिएको छ ।
प्रहरी नायब निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा रहेको टोलीले हेटौँडाबाट सिन्धुली तर्फ आउँदै गरेको पिकअप गाडी चेक गर्दा रौतहट गरुडा नगरपालिका वडा नं. ४ घर भएका १९ वर्षीय गोपाल साहले चलाएको सिमेन्ट बोकेको गाडीमा १५ किलो तौल हुने ७ पोका (जम्मा १०७.११ किलो) गाँजा प्रहरीले नियन्त्रण गरेको हो ।
बरामद भएको गाँजा र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याएर विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ
।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया