सुमन र आदित्य प्रताप ‘वीर स्मृति कप-२०८१’ खुल्ला डबल टेनिसमा प्रथम

सिन्धुली । सुमन खड्का र आदित्य प्रताप सिंह  “वीर स्मृति कप-२०८१” खुल्ला डबल लन टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

 

नेपाली सेनाको सिन्धुली स्थित श्री नं ९ बाहिनी अड्डामा सोमबार सम्पन्न “वीर स्मृति कप-२०८१” पाँचौँ संस्करणको फाइनल खेलमा खुल्ला डबलतर्फ महा सेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका हुन।

 

त्यसैगरी खुल्ला सिङ्गलतर्फ प्रमुख सेनानी दीपक बरुवाल विजयी भए । भेट्रान्स सिङ्गलतर्फ अवकाश प्राप्त सहायक रथी राम राणा बनेका थिए भने भेट्रान्स डबलतर्फ अवकाश प्राप्त मानार्थ उपरथ सागर बहादुर केसी र सेनानी श्री आदित्य प्रताप सिंह विजयी हुन सफल भए ।

 

मध्य पूर्वी पृतनापति उपरथी सुदर्शन सिलवालले पौष १२ गते शुक्रवार एक समारोहको बिच उद्घाटन गरेको वीर स्मृति कप लन टेनिस प्रतियोगिताको बलाध्यक्ष रथी प्रदीप जंग केसीले समापन गरेका थिए ।

 

आफ्नो देश अनि नागरिकको रक्षाका खातिर युद्धमा लड्दै आफ्नो जीवन त्याग गरी, वीरगति प्राप्त गर्ने सकल दर्जाहरूको सम्झनामा २०७६ सालबाट वीर स्मृति कप श्री नं ९ बाहिनीका तत्कालीन बाहिनीपति प्रदीप जंग केसीको कार्यकालबाट सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ । वीर स्मृति कप-२०८१ को पाँचौँ संस्करणमा सैनिक र गैर सैनिक २६ जना खेलाडीको सहभागिता रहेको थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर