गाई काटेको आरोपमा पक्राउ परेका हाजिरी जमानीमा छुटे !

सिन्धुलीमाढी । गाई काटेर मारेको भन्ने आरोपमा एक हप्ता अघि पक्राउ परेका दुई जनालाई आज प्रहरीले छाडेको छ । गएको मंसिर २६ गते पक्राउ परेका मरिण गाउँपालिका वडा नम्बर ५ का ऐमान सिङ गोले र नक्दले गोलेलाई एक हप्ता थुनामा राखेर आज हाजिर जमानीमा छाडिएको हो ।
अनुसन्धानको लागि विधि विज्ञान प्रयोगशाला पठाएको र ल्याब रिपोर्ट नआए सम्मको लागि पक्राउ परेका दुई जनालाई आवश्यक परेको बेला हाजिर हुने गरी जमानीमा छाडिको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
स्थानीय संगिता माझीको मरेको गाई काटेर घर लैजान लागेको बेला ईलाका प्रहरी कार्यालय कपिलाकोटले उनीहरूलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा आवश्यक परेका बेला उपस्थित गराउने गरी नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ र मरिण गाउँपालिका ५ का वडाध्यक्ष दीपक माझीको रोहवरमा स्थानीय पाल्साङ बम्जन लाई दुवै जना जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
झुटो अभियोग लगाएर निर्दोष व्यक्तिहरू पक्राउ गरेको भन्दै नेपाल तामाङ घेदुङ सिन्धुलीले तत्काल छाड्न जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया