‘ब्राउन सुगर’ एम्बुलेन्स साइरनको माइक्रोफोन भित्र लुकाइएको थियो

सिन्धुली । मरिण गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.प्र ०१–००२ झ ६६९० नंम्बर को एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
बिपी राजमार्गबाट लागु औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले हिजो (बुधवार) राती बर्दिबास ३ स्थित बिपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको थियो । तलासीका क्रममा एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डिएसपी रेवती रमण पोखरेलले बताए ।
ब्राउन सुगर कारोबारमा अन्यको पनि संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले चालकसहित पक्राउ परेका दुवै जनाको नाम तत्काल सार्वजनिक गरेको छैन । एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ ।
बरामद एम्बुलेन्स मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया