सिन्धुलीको सिडिओ लीला प्रसाद शर्मा

सिन्धुली। गृह मन्त्रालयले सिन्धुलीलगायत केही जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारीहरूको पठाएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।

मन्त्रालयले मंगलबार राति सिन्धुलीमा गृह मन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । सिन्धुलीका सिडिओ भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेर ग्वान्जाओको महावाणिज्यदूत बनाइ सक्यो । खनालको सरुवा भएर गत भदौ ६ गतेदेखि प्रमुख जिल्ला अधिकारी विहीन बनेको सिन्धुलीले प्रमुख जिल्ला अधिकारीको रूपमा लीला प्रसाद शर्मा  आउने भएका छन्। सहकारी विभागको रजिस्ट्रार र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक समेतको भूमिकामा काम गरेका  लीला प्रसाद शर्माले सिन्धुलीको कमाण्ड सम्हाल्ने भएका छन् ।

त्यसैगरी, अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकमा पठाइएको छ । गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानमा पठाइएको छ ।

प्युठानका प्रजिअ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ मेघनाथ उपाध्यायलाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यता काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाएको छ भने त्यहाँका प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर