सिन्धुलीका प्रमुख जिल्ला अधिकारी खनालको सरुवा

सिन्धुली। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालको सरुवा भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको हो।
गृह मनत्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी नपठाएकाले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले सिन्धुली जिल्लाको कमाण्ड सम्हाल्ने छन्।
त्यसैगरी मन्त्रीपरिषद्ले सिन्धुपाल्चोक र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको हो । सिन्धुपाल्चोकका भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्घाखाँचीका सूर्यबहादुर खत्रीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया