दुई थान मोटरसाइकल सहित काभ्रेका तीन जना पक्राउ

सिन्धुली।  जिल्लाको सुनकोशी गाउँपालिका ६ रात डाँडा बाट चोरीको दुई थान मोटरसाइकलसहित मोटरसाइकल चोरी संलग्न काभ्रेका तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ ।

बुधवार विहान भकुन्डे बेसीबाट बा प्र ०२-०३१ प ५९४३ नम्बरको मोटरसाइकल चोरी गरेर सिन्धुली तर्फ आउँदै गरेका काभ्रेको पाँचखाल नगरपालिका-२ बस्ने २३ वर्षीय सुनिल तामाङले चलाएको मोटरसाइकल र सँगै रहेको अर्को प्र ३-०२-००४ प ३७९८ नम्बरको चोरीको मोटरसाइकल सहित पाँचखाल नगरपालिका-२ बस्ने २३ वर्षको दिनेश कोइराला र सोहि ठाउँको २६ वर्षको आदित्य विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल प्रसाद चौरासियाले जानकारी दिए ।

चोरीको मोटरसाइकलसहित पक्राउ पर्ने तीन जनालाई अनुसन्धान लागि  जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर