भीमानबाट ४१ तोला अवैध सुन सहित एक पक्राउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका -९ भीमानमा सोमवार (हिजो) ४१ तोला बढी अवैध काँचो सुन सहित एक जना पक्राउ गरिएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरीले भीमान चेक पोष्टमा चेकजाँच गर्ने क्रममा बर्दिबासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नम्बरको फोर्स गाडीबाट ४१ दशमलव ३५ तोला काँचो सुन बरामद गरिएको जनाएको छ ।
फोर्स गाडीमा सवार पर्सा जिल्लाको पोखरिया नगरपालिका – ८, जगतपुरका ४८ वर्षका विक्रम साहको कालो रंगको झोला भित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलव ३५ तोला काँचो सुन सहित विभिन्न गरगहना बरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफलेले जानकारी दिए ।
बरामद भएको सुनको मूल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको एसपी काफ्लेले बताए । शाहको साथबाट औँठी त्रिहत्तर थान, मङ्गलसूत्र पाँच थान, झुम्का/टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोबाइल एक थान र १९ हजार नगद समेत बरामद गरिएको थियो।
उक्त सामानहरू बरामद भएको हो । शाहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको एसपी काफ्लेको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया