सुमन र आदित्य प्रताप ‘वीर स्मृति कप-२०८१’ खुल्ला डबल टेनिसमा प्रथम

सिन्धुली । सुमन खड्का र आदित्य प्रताप सिंह “वीर स्मृति कप-२०८१” खुल्ला डबल लन टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
नेपाली सेनाको सिन्धुली स्थित श्री नं ९ बाहिनी अड्डामा सोमबार सम्पन्न “वीर स्मृति कप-२०८१” पाँचौँ संस्करणको फाइनल खेलमा खुल्ला डबलतर्फ महा सेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका हुन।
त्यसैगरी खुल्ला सिङ्गलतर्फ प्रमुख सेनानी दीपक बरुवाल विजयी भए । भेट्रान्स सिङ्गलतर्फ अवकाश प्राप्त सहायक रथी राम राणा बनेका थिए भने भेट्रान्स डबलतर्फ अवकाश प्राप्त मानार्थ उपरथी सागर बहादुर केसी र सेनानी श्री आदित्य प्रताप सिंह विजयी हुन सफल भए ।
मध्य पूर्वी पृतनापति उपरथी सुदर्शन सिलवालले पौष १२ गते शुक्रवार एक समारोहको बिच उद्घाटन गरेको वीर स्मृति कप लन टेनिस प्रतियोगिताको बलाध्यक्ष रथी प्रदीप जंग केसीले समापन गरेका थिए ।
आफ्नो देश अनि नागरिकको रक्षाका खातिर युद्धमा लड्दै आफ्नो जीवन त्याग गरी, वीरगति प्राप्त गर्ने सकल दर्जाहरूको सम्झनामा २०७६ सालबाट वीर स्मृति कप श्री नं ९ बाहिनीका तत्कालीन बाहिनीपति प्रदीप जंग केसीको कार्यकालबाट सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ । वीर स्मृति कप-२०८१ को पाँचौँ संस्करणमा सैनिक र गैर सैनिक २६ जना खेलाडीको सहभागिता रहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।