सिन्धुलीका चौहान काठमाडौंमा पक्राउ

काठमाडौँ /बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुलीका एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
सिन्धुलीको दुधौली नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटार बस्दै आएका ३० वर्षीय विक्रम चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चौहानविरुद्ध ६ लाख १० हजार रुपैयाँ बिगो कायम गरिएको थियो।
उच्च अदालत पाटनले २०८० जेठ २ गते चौहानलाई कैद, बिगोअनुसारको जरिवाना र क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। फैसला कार्यान्वयनअघि नै फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका चौहानलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौहानलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।