डलर देखाएर नेपाली पैसा ठग्ने तीन युवा सिन्धुलीमा पक्राउ

सिन्धुली। डलरको प्रलोभन देखाएर नेपाली पैसा ठगी गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।
प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ का २४ वर्षीय श्याम तामाङ, सोही स्थानका २६ वर्षका तेन्जिङ पाई र २७ बर्षका नारायण बहादुर पाइनलाई पक्राउ गरेको छ।

उनीहरूले इलाम नगरपालिका १ का राजु गौतमलाई गोलन्जोर गाउँपालिका ७ लौकुनमा भेटेर डलर साट्ने भनी रुमालमा पोका पारी २० रुपैयाँका नेपाली नोट र सादा कागजका टुक्राहरू दिएर गौतमको साथमा रहेको १८ लाख नेपाली रकम लिएर भागेका जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए। उनीहरूलाई गोलन्जोर गाउँपालिका ६ हैवारबेंसी नजिकैबाट भाग्दै गर्दा पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट १८ लाख नेपाली रुपैयाँ २३७ थान अमेरिकी डलर दुई थान मोटरसाइकल र विभिन्न कम्पनीको ५ थान मोबाइल बरामद गरेको पत्रकार सम्मेलन गरेर जनाकारी दिएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया