काठमाडौँमा मोटरसाईकल चोर्ने, हरिहरपुरगढीका रोशन सहित दुई पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले चोरीको मोटरसाईकल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको हरीहरपुरगढी गाउँपालिका –५ बस्ने २६ वर्षीय रोशन मोक्तान र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भएका २५ वर्षीय गौरब तामाङलाई चोरीको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नियमित चेकजाँचका क्रममा सिन्धुलीको सुनकोशी गाउँपालिका –१ आँपघारीस्थित विपि लोकमार्गबाट मोटरसाईलसहित नियन्त्रणमा लिईएको सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसियाले जानकारी दिए।

पक्राउ परेका तामाङले चलाएको बागमती प्रदेश ०२–०५० प ७१८८ नम्वरको मोटरसाईकल साउन ७ गते काठमाडौँको टोखाबाट चोरी गरि ल्याएको अनुसन्धानबाट खुलेको सिन्धुली प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाईएको छ ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर