झण्डा जलाउनेलाई कारबाही नभए प्रतिवाद गर्ने एमाले लडाकु दस्ताको चेतावनी

काठमाडौं । नेकपा एमाले निकट लडाकु दस्ता ‘नेशनल भोलेन्टियर्स फोर्स’ले पार्टीको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही नभए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार जारी गरेको वक्तव्यमा रास्वपाका केही शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको तथा पार्टीको झण्डा जलाउने कार्य भएको आरोप लगाइएको छ। उनले यस्ता गतिविधिलाई अराजक मानसिकताको प्रतीक भएको टिप्पणी गरेका छन्।

वक्तव्यमा झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यमा संलग्न व्यक्तिहरूमाथि राज्य संयन्त्रले तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ। अन्यथा अराजक गतिविधिविरुद्ध सशक्त प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनीसमेत फोर्सले दिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर