रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत, सचिवमा देवकोटा
सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट अविनाश बस्नेत सभापति र लालप्रसाद देवकोटा (एलपी) सचिवमा निर्वाचित भएका छन्।
अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सभापति पदमा बस्नेतले १८१ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक) ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत पाए।
उपसभापति पदमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरे।
सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास) ले ७१ मत प्राप्त गरे। सह–सचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे।
खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भए। महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए। सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गरेका वृखबहादुर बम्जन (अशोक) विधानअनुसार जिल्ला समिति सदस्य बनेका छन्। अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।
त्यसैगरी, क्षेत्र नं. १ को संयोजकमा मनिष कार्की र क्षेत्र नं. २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन्। कुल २७४ प्रतिनिधिले मतदान गरेको अधिवेशनबाट रास्वपा सिन्धुलीले नयाँ जिल्ला नेतृत्व चयन गरेको हो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया