सिन्धुली एमालेको कमान्ड कटुवालले सम्हाल्ने
सिन्धुली। नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा चुनावसम्मका लागि संगठन चलाउने इञ्चार्ज तोकेको छ। सोही क्रममा नेकपा (एमाले) केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले सिन्धुली जिल्लाको कमान्ड केन्द्रिय सदस्य प्रदीप कटुवाललाई सुम्पिएको छ।
यसअघि सिन्धुलीको इञ्चार्जको भूमिकामा मनोजजंग थापा थिए भने, थापाभन्दा अगाडि गणेश कुमार पहाडीले उक्त जिम्मेवारी सम्हालेका थिए। पार्टी संगठनलाई फागुन २१ मा हुने निर्वाचनतर्फ केन्द्रित गर्ने उद्देश्यसहित संयोजन गर्नको लागि इन्चार्ज तोकेको एमालेले जनाएको छ।
एमालेले वागमती प्रदेश अन्तर्गत तोकेका जिल्ला संयोजन गर्ने इञ्चार्जहरूको सूची यस प्रकार छः
१. सिन्धुली – प्रदीप कटुवाल
२. रामेछाप – माधव ढुङ्गेल
३. काभ्रेपलाञ्चोक – अशोक ब्यञ्जु
४. सिन्धुपाल्चोक – सुवास कर्माचार्य
५. धादिङ – भूमि त्रिपाठी
६. दोलखा – पर्वत गुरुङ
७. नुवाकोट – केशव पाण्डे
८. रसुवा – प्रेम तामाङ
९. मकवानपुर – रामेश्वर राना
१०. चितवन – देवी ज्ञवाली
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया