प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीका दुवै क्षेत्रमा एमालेद्वारा उम्मेदवार सिफारिस

सिन्धुलीमाढी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।

सिन्धुली–१ बाट एमालेले ९ जनाको नाम सिफारिस गरेको छ। सिफारिस सूचीमा गणेश कुमार पहाडी, प्रदीप कटुवाल, सुवास देवकोटा, डा. वसन्त न्यौपाने, केदार देवकोटा, ध्रुव श्रेष्ठ, डम्बर कार्की, नारायण अधिकारी र निलिमा गुरुङ रहेका छन्।

सिफारिसमध्ये गणेश कुमार पहाडी २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका नेता हुन्। त्यसैगरी, प्रदीप कटुवाल २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका श्याम कुमार घिमिरेसँग पराजित भएका थिए। अनेरास्ववियुको राजनीतिबाट उदाएका डा. वसन्त न्यौपाने रहेका छन्। न्यौपाने विद्यार्थी राजनिती हुँदै नेकपा (एमाले) को केन्द्रिय बन तथा वातावरण बिभागमा रहेर काम गरेका छन। उनले चिनको प्रतिष्ठित बिश्वबिद्धालयबाट भुगोल बिषयमा PhD गरेका छन। उनलाई एमलेमा बैचारिक युवा नेताको रुपमा हेर्ने गरिन्छ। पूर्व केन्द्रीय सदस्य सुवास देवकोटा, कर्मचारी नेता केदार देवकोटा तथा सम्पर्क मञ्चको राजनीतिमा सक्रिय ध्रुव श्रेष्ठलाई पनि यस क्षेत्रका बलिया दाबेदारका रूपमा हेरिएको छ।

यस्तै, सिन्धुली–२ बाट पनि एमालेले ९ जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा तत्कालीन केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी, पूर्व केन्द्रीय सदस्य उमा कोइराला, शान्तिमान कार्की, जिल्ला सचिव नवराज थिङ, युथ भोलिन्टियर फोर्सका केन्द्रीय संयोजक पुष्पराज श्रेष्ठ, कौशल कोइराला, रामकृष्ण श्रेष्ठ र धनजंग थापा रहेका छन्।

सिफारिसमध्ये मनोजजंग थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीका लेखनाथ दाहाल (राजन) सँग झिनो मतान्तरले पराजित भएका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर