सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालले गरे पदभार ग्रहण

सिन्धुली । सदरमुकाम सिन्धुलीमाढीमा रहेको सिन्धुली अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिश चन्द्र ढकालले पदभार ग्रहण गरेका छन् ।

बिहीबार एक कार्यक्रमका बिच अध्यक्ष ढकालले पदभार ग्रहण गरेका हुन । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट यही पुस ७ गते  प्रदेशका ११ वटा सरकारी अस्पतालमा दलीय भागबण्डामा व्यवस्थापन तथा सञ्चालक समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

एमालेले चितवन, धादिङ, काभ्रे, भक्तपुर, दोलखा, ललितपुर लिने सहमति भएको थियो भने  काठमाडौँ, रामेछाप,  नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र सिन्धुली काँग्रेसको भागमा परेको थियो ।  नेपाली काँग्रेसको भागबाट ढकाल सिन्धुली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो पटक नियुक्त भएका हुन । नव नियुक्त अध्यक्ष सतिश चन्द्र ढकाललाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अभिषेक थपलियाले स्वागत गरेका थिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर