एक रुपैयाँ मै लुछाचुँडी नगरौँ कमरेडहरूः इन्चार्ज थापा

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापाले नेता कार्यकर्ताहरूलाई  एक रुपैयाँ मै लुछाचुँडी गरेर नबस्न आग्रह गरेका छन् ।

एमाले सिन्धुलीको दुधौलीमा जारी चौथो पूर्ण कमिटीको बैठकलाई शुक्रवार सम्बोधन गर्दै इन्चार्ज थापाले सो कुरा बताएका हुन् ।

थापाले भने, यो देशको निर्णायक शक्ति भनेको नेकपा एमाले हो । यो देशको निर्माण गर्न नेकपा एमालेको नेतृत्वले मात्रै सम्भव छ । हिजो नाकाबन्दीको समयमा दृढताको साथ हामी उभियौँ । यही पार्टी उभियो । देशमा हुने थुप्रै सामाजिक विसङ्गति र  जातीय अगतिवादको विरुद्ध यही पार्टी उभियो । सानो मुलुक ठुलो मुलुक भनेर उसको सार्वभौम तलमाथि हुँदैन भनेर अन्तर्राष्ट्रिय रूपमा हुङ्कार गर्न सक्ने पार्टी यही पार्टी हो । सबै तमाम ठाउँमा  हामी अगाडी छौँ । नेतृत्व हामी सँग छ । तपाईँ हामी एक ठाउँमा छौँ । अब, तपाईँहरूको लागि काम गर्न अल्छी मान्नुपर्ने जाँगर नहुनुपर्ने  कुनै पनि छैन । तर हामी सान – साना उत्पादन सम्बन्ध आएका मान्छे भएकाले हुनाले हाम्रो चेतना पनि त्यही उत्पादनसँग जोडिएको हुनाले साना-साना कुराले हामीलाई उद्वेलित भई हाल्छौँ ।  हामी अलि पर जाँदा एक हजार भेटिन्छ, तर हामीमा धैर्य छैन। यहीँ एक रुपैयाँ भेटियो भने एक रुपैयाँ मै लुछाचुँडी गर्ने तिर हाम्रो सामाजिक सम्बन्ध हाम्रो उत्पादन सम्बन्धले हाम्रो चेतनालाई कन्फाइन गर्देको छ । त्यस कारणले  गर्दा खेरी अलि पर गइयो भने, हामी एक हजार भेट्छौँ । अलि पर गइयो भने एक लाख भेट्छौँ । एक रुपैयाँमा लुछाचुँडी नगरौँ । पछिल्लो समय पार्टीमा गुटबन्दी मौलाउँदै गएको स-साना झुण्डमा नै रमाएर पार्टी नेतृत्व स्वेच्छाचारी ढङ्गले चलेको प्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।  उनले भने, पार्टी भित्र समस्याहरू हुन्छन् । काम गर्दै जाँदा खेरी कहिले कहीँ कार्यशैली नमिल्न सक्छ । सोचहरू नमिल्न सक्छ । निर्णयहरू तलमाथि हुन सक्छन् । कार्यान्वयन गर्ने सवालमा तलमाथि हुन सक्छ । तर निर्णय गरेका निर्णयहरू आफूलाई चित्त बुझेन छ भने पनि हामी निर्णय प्रक्रियामा सहभागी भइसके पछि त्यो निर्णय मान्दिन भन्न पाइँदैन । मान्दिन भन्न पाइँदैन ।

त्यस्तै पार्टीले सामाजिक मुद्दा, महिलाले महिलाका मुद्दा, विद्यार्थीले विद्यार्थीका मुद्दा लिएर हिँड्ने हो भने पार्टी सदस्य भन्दा बाहिर राम्रो समाजका मान्छे  जनवर्गीय संगठनमा आउँछन् । उहाँहरूलाई हामीले राजनीतिक आबद्धतामा आकर्षण गर्ने हो । सांगठनिक रूपमा डेक्टेटर गर्न नसक्ने  उनले बताए । सांगठनिक स्वतन्त्रता भनेको पार्टीलाई सोध्नै नपर्ने रहेछ, अब हामीले जे निर्णय गरे पनि हुन्छ भन्ने हैन । पार्टी सँग सोध्नु पर्छ पार्टी सँग सहकार्य गर्नु पर्दछ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर