मरिणको एम्बुलेन्स, ब्राउन सुगर सहित बर्दिबासबाट नियन्त्रण

सिन्धुली । लागु औषध ब्राउन सुगरसहित मरिण गाउँपालिका प्राथामिक स्वास्थ्य केन्द्र कपिलाकोटको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास  नगरपालिका-३ गौरीडाँडाबाट अपराह्नन बागमती प्रदेश ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्स   १० ग्राम लागु औषध ब्राउनसुगर  सहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

प्रहरीको लागुऔषध व्युरोले विशेष सुराकीको आधारमा गौरीडाँडाबाट पक्राउ गरेको हो । परिक्षणको लागि जनकपुरबाट किट ल्याएर परिक्षण गर्ने तयारी रहेको विशेष स्रोतले माईशिर डटकमलाई जानकारी दिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर