माओवादीमा गएका बुढाथोकी एमालेमै फर्किए

सिन्धुली । नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका कमलामाई नगरपालिका -९ भीमानका  नेता नानु बुढाथोकी पुनः एमालेमै फर्किएका छन् ।

माओवादी केन्द्र कमलामाई नगर कमिटी उपाध्यक्ष समेत रहेका बुढाथोकी एमालेमै फर्किएका हुन् ।

०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट कमलामाई नगरपालिका वडा नं- ९ को वडाअध्यक्ष आकांक्षी रहेका बुढाथोकीलाई टिकट नदिएपछि पार्टीले आफूलाई अन्याय गरेको भन्दै माओवादीमा प्रवेश गरेका थिए ।

साँढे दुई वर्षको समय माओवादीमा बिताएका बुढाथोकी आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफू आफ्नै घरमा फर्किएको बताए ।

सोमवार नेकमा एमाले जिल्ला कमिटीले  सिन्धुलीमाढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री  ईश्वर पोख्रेल र जिल्ला इन्चार्ज मनोजजंग थापाल गायत नेताहरुले अविर लगाएर बुढाथोकीलाई एमालेमा स्वागत गरेका गरेको जिल्ला कमिटी उपाध्यक्ष एवंम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

केहि समय अघि नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य समेत रहेका सहिद दल बहादुर रजनका छोरा नरबहादुर रजन पनि एमालेमै प्रवेश गरेका थिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर