नेकपा एसको सिन्धुली अध्यक्षमा लुंगेली

सिन्धुलीमाढी। नेकपा एकीकृत समाजवादीको सिन्धुली जिल्ला नेतृत्व परिवर्तन भएको छ ।

जिल्ला अध्यक्ष सूर्य पाख्रिन केन्द्रीय सदस्य मनोनीत भएपछि नेतृत्व परिवर्तन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)को सिन्धुली जिल्ला अध्यक्षमा चित्र लुंगेली चयन भएका छन्।

हिजो (शनिवार) पार्टीको नौ  बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै उपाध्यक्ष रहेका लुंगेलीलाई अध्यक्षमा चयन गरेको हो।

बैठकले उपाध्यक्षमा तीर्थ दाहाललाई चयन गरेको हो। दाहाल यसअघि जिल्ला सचिवालय सदस्य थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर