पुष्पलाल स्मृति दिवसः कमलामाई मन्दिरमा वृक्षरोपण

सिन्धुलीमाढी। नेकपा (एमाले) कमलामाई नगर कमिटीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसमा सोमबार कमलामाई मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
कमलामाई नगरपालिका –५ स्थित जिल्लाकै प्रसिद्ध कमलामाई मन्दिर परिसरमा चाँप, पारिजात, सिन्कौली, निम, अमला, बेल, चन्दन, आँप, अम्बा, लिची र विभिन्न फूलसहित २२५ वटा बिरुवा रोपिएको नगर कमिटी सचिव कैलाश ढुङ्गेलले माईशिर डटकमलाई जानकारी दिए ।
उक्त वृक्षरोपण कार्यको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य कमलजङ्ग राईले पुष्पलाल वर्ग सङ्घर्षप्रति विश्वास गर्ने व्यक्तित्व भएको चर्चा गरेका थिए ।
कमलामाई नगर कमिटी अध्यक्ष सुन्दर घिसिङको अध्यक्षतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष तथा पदाधिकारी, सदस्यहरू लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया