बिपी स्मृति दिवसमा नेविसंघ सिन्धुलीले गर्यो, अस्पतालमा फलफूल वितरण

सिन्धुली। जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सिन्धुलीले सिन्धुली अस्पतालमा भएका बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
नेपाली कांग्रेस सिन्धुलीको भातृ संस्था नेपाल विद्यार्थी संघ सिन्धुली शाखाले सिन्धुली अस्पतालमा फलफूल वितरण गरेको हो।
नेपाली कांग्रेसका जिल्ला सभापति उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्ययतामा सिन्धुली अस्पतालमा रहेका ३० जना बिरामीहरूको लागि स्याउ,आँप, केरा र फ्रुटी लगायत फलफूल वितरण गरिएको नेविसंघ सिन्धुलीका सभापति भरत विकले माईशिर डटकमलाई जानकारी दिए।

फलफूल वितरण कार्यक्रममा, नेपाली कांग्रेस सिन्धुलीका पदाधिकारी, कांग्रेसका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधि, गोलन्जोर गाउँपालिका-६ का वडा अध्यक्ष रविन श्रेष्ठ, तीनपाटन गाउँपालिका-७ वडा अध्यक्ष युवराज पहाडी लगायत नेविसंघका शुभेच्छुकहरूको उपस्थिति थियो।

फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै,प्रमुख अतिथि उपेन्द्र कुमार पोखरेलेले नेपाली राजनीति र साहित्य क्षेत्रमा बिपीको योगदानबारे चर्चा गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।