एमाले कमलामाई-काठमाडौँ सम्पर्क मञ्चको कमान्डमा नेत्र र पासाङ

एमाले कमलामाई – काठमाडौँ सम्पर्क मञ्चको कमान्ड नेत्र बहादुर बस्नेत र पासाङ स्याङ्तानले लिएका छन्।
नेकपा एमाले सिन्धुली- काठमाडौँ सम्पर्क मञ्च अन्तर्गत कमलामाई काठमाडौँ सम्पर्क मञ्चको चौथो पालिका सम्मेलनबाट अध्यक्ष नेत्र बहादुर बस्नेत र सचिव पासाङ स्याङ्तान सर्वसम्मत निर्वाचित भएका हुन्।

बस्नेत र स्याङ्तानको नेतृत्वमा १५ सदस्यीय एमाले कमलामाई काठमाडौँ सम्पर्क मञ्च गठन गरिएको छ । अध्यक्ष नेत्र बहादुर बस्नेत उपाध्यक्ष नेत्र बहादुर थापा र देव कुमारी पौडेल सचिव पासाङ स्याङ्तान उपसचिव द्वय रमेश कुमार रम्तेल र पुनम लामा कोषाध्यक्ष सिताराम श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरू विज्ञान न्यौपाने, कृष्ण बहादुर नेपाली, जीवन नेपाली, विष्णु कोइराला, निर बहादुर विश्वकर्मा, सूर्य बहादुर राय, नवराज तामाङ र शोभा तामाङ रहेका छन्।

एमाले कमलामाई काठमाडौँ सम्पर्क मञ्चको चौथो पालिका सम्मेलन असार १ गते शनिवार च्यासलमा भएको थियो

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया