एमाले सिन्धुलीको दोस्रो बैठक सम्पन्न: सचिवालय गठन, कार्यालय सचिव भुजेल 

नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
शनिवार देखि सुरु भएर आइतबार सम्पन्न दुई दिने बैठकले जिल्ला कमिटि सचिवालय गठन  गरेको छ ।
जिल्ला कमिटी सचिवालयमा महेन्द्रदेव श्रेष्ठ,  कर्ण घिसिङ , नवराज थिङ, दीपेश बराल र पार्वती भट्टराई सहित  १९ जनाको रहेका छन्।
त्यसै गरी देव घिसिङ, रेगनराज थापा,गोपाल आले मगर, छत्र दाहाल, लालबहादुर श्रेष्ठ, रितेश राउत , युवराज श्रेष्ठ, गंगा कार्की, मेनुका तिम्सिना,  अच्युत श्रेष्ठ, शंकर सौगात , हेमबहादुर श्रेष्ठ, नारायण अधिकारी र  विनोद श्रेष्ठ समेत १९ जना सचिवालय बनाउने निर्णय गरेको  नेकपा एमाले सिन्धुलीका सहसचिव दीपेश बरालले माईशिर डटकमलाई जानकारी दिए।
सहसचिव बरालका अनुसार ३१ सदस्य सचिवालय भए पनि अहिले १९ जनाको कमिटी रहेको र बाँकी १२ सदस्य मनोनीत सदस्यको पद तथा गोपनीयताको शपथग्रहण पछि अर्को बैठकले थप्ने छ।
त्यसै गरी नेकपा एमाले सिन्धुलीको कार्यालय सचिव गोकर्ण भुजेललाई बनाउने निर्णय गरेको छ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर