माओवादी सिन्धुली इन्चार्ज माझी

नेकपा माओवादी केन्द्र सिन्धुलीको इन्चार्जमा बुद्धिमान माझी तोकिएका छन्। बागमती प्रदेश कमिटीले सिन्धुली सहित १३ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्राबार बसेको प्रदेश सचिवालय बैठकले इन्चार्ज तोकेको केन्द्रीय सदस्य एवं ललितपुरका इन्चार्ज हरि दाहालले जानकारी दिए ।

दाहालका अनुसार ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलीप प्रजापति, धादिङमा पुष्पविक्रम मल्ल, नुवाकोटमा हिरानाथ खतिवडा, रसुवामा कल्पना शर्मा, चितवनमा घना श्याम दाहाल, मकवानपुरमा विजय गौतम रहेका छन् ।

यस्तै काठमाडौँमा सूर्य सुवेदी , रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेमा तेजबहादुर मिजार र सिन्धुपाल्चोकमा केशव नेपाल रहेका छन् ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर