दुई मुक्तक

१.
लेख्नु छैन प्रेम कहानी मलाई मुना मदनको जस्तो
बनाउनु छैन, अम्मर प्रेम मलाई राधाकृष्णको जस्तो ॥
सातै जुनी सम्म चाहिन्छ भन्दिन मलाई तिम्रो साथ
म त बन्न चाहन्छु,जुनीभर जोडी चखेवाको जस्तो॥
२.
खै! यो कस्तो प्रेम बस्यो तिमीसङ, तिम्रै यादमा हरपल हराउन मन लाग्ने ॥
देख्दा तिमिलाई यो ओठमा त्यसै मुस्कान छाउने॥
सबै बाट एक्लै बस्न मन पराउने म, सपना देख्छु हात समातेर तिमि संगै हिँड्ने॥
अँध्यारो मन पर्ने मलाई,किन हो उज्यालोसङ रम्न मन लाग्ने॥
थाहा छैन यसको नतिजा के हुन्छ,तिम्रै नाम लिँदै मुस्कुराउन मन लाग्ने ॥
प्रेम हैन त भन्दिन म, तर टुक्रिएको मेरो मुटुलाई फेरि पनि तिमिसङ जोड्न मन लाग्ने ॥
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया