सिन्धुलीमा कविता प्रतियोगिता हुने, कर्मचारी र विद्यार्थी छुट्टाछुट्टै भिड्ने

सिन्धुली । फाइल, हाजिरी र बैठकमै सीमित कर्मचारी अब कविता लेखेर पनि जाँचिने भएका छन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीबीच आपसी सम्बन्ध, सहकार्य तथा सामाजिक–सिर्जनात्मक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको ‘कर्मचारी मिलन केन्द्र सिन्धुली’ले जिल्ला स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार ६ गते सञ्चालन गरिने केन्द्रका सचिव प्रविण कटवालले जानकारी दिए ।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारीबीच कार्यालयस्तरीय कविता प्रतिस्पर्धा गरिनेछ । जिल्लामा कार्यरत जुनसुकै सरकारी कर्मचारीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

दोस्रो चरण विद्यालयस्तरीय हुनेछ । जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक कर्मचारी तथा विद्यार्थीले जेठ २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । प्राप्त रचनामध्ये उत्कृष्ट सात कविता छनोट गरी असार ६ गते वाचन गराइने कार्यक्रम रहेको छ ।

इच्छुक सहभागीले आफ्नो कविता इमेल ठेगाना [email protected] वा व्हाट्सएप नम्बर ९८४१५९९१६३ मा पठाउन सक्नेछन् । थप जानकारीका लागि पनि सोही नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर