एमालेको कमलामाई नगर कमिटी अध्यक्षमा घिसिङ

सिन्धुलीमाढी। नेकपा एमालेको कमलामाई नगरपालिका नगर कमिटी अध्यक्षमा सुन्दर घिसिङ निर्वाचित भएका छन्।
भीमानमा मंगलबार उद्घाटन भएको एमाले नगर कमिटी अधिवेशनले घिसिङको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित भएको हो।
उपाध्यक्षमा चित्र नारायण श्रेष्ठ, सचिवमा रामहरि ढुङ्गेल (कैलाश) र उपसचिव द्वयमा बिनय पाल्पाली र अमृता कुमारी देवकोटा निर्वाचित भएका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया