आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको अध्यक्षमा पूर्ण खत्री

सिन्धुली, असार २५ / जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको व्यवस्थापन समिति अध्यक्षमा पूर्ण खत्री नियुक्त भएका छन्।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण कुमार थापाले हिजो मंगलबार दुधौलीका खत्रीलाई एमाले सिन्धुलीको कार्यालयमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। पाँच वर्ष कार्यकाल रहने अध्यक्ष पद एमालेको भागमा परेको हो। कांग्रेसको भागमा परेको सिन्धुली अस्पतालको अध्यक्षमा सतिशचन्द्र ढकाल दोहोरिएका थिए ।
बागमती प्रदेशका १३ वटै जिल्लाका आयुर्वेद व्यवस्थापन समितिका अध्यक्ष नियुक्तिका लागि एमाले र कांग्रेसबीच भागबण्डा गरिएको थियो। अधिकांश जिल्लामा गत पुस महिनामै अध्यक्ष नियुक्त भइसकेका थिए भने सिन्धुलीमा मात्र पद खाली रहेको थियो।
खत्रीको नियुक्तिसँगै अब सबै जिल्लामा व्यवस्थापन समितिका अध्यक्ष नियुक्ति प्रक्रिया पूरा भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।