सिन्धुलीमा चट्याङ लाग्दा आमा छोरी घाइते

सिन्धुली, २९ जेठ । सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२, सामरी बेसारडाँडामा चट्याङ लाग्दा आमा र छोरी घाइते भएका छन्।

बिहीबार दिउँसो करिब ४ बजेको समयमा ४२ वर्षीया फुलमाया जिम्बा र उनकी १० वर्षीया छोरी साङ्ग्री माया जिम्बालाई बस्तुगोठमा काम गरिरहेकै बेला चट्याङले लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

चट्याङ लागेर फुलमायाको दुबै खुट्टामा र शरीरका विभिन्न भागमा चोट लागेको छ। बोल्न सक्ने भए पनि उनीको अवस्था सामान्यभन्दा केही गम्भीर रहेको बताइएको छ। उनकी छोरी साङ्ग्री मायाको अवस्था भने सामान्य रहेको र हिँडडुल गर्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

घाइते दुबै जनालाई तत्काल प्राथमिक उपचारका लागि मरिण गाउँपालिका–१ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा लगिएको थियो। फुलमायाको थप उपचारको सिन्धुली अस्पताल रिफर गरिएको छ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर