ज्ञानेन्द्र लक्षित दाहालले भने– ‘आफ्नै परिवारको हत्या गर्नेले जनता मार्न हिचकिचाहट मान्दैनन्’

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा छोड्न नसकिने बताएका छन् । सिन्धुलीको दुधौलीमा आइतबार माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

चैत १५ गते तिनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हत्याको जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने उनको दाबी छ ।  “आफ्नै घरमा भयानक हत्याको मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न कुनै हिचकिचाहट मान्दैनन्,” दाहालले भने, “ज्ञानेन्द्रलाई छुट दिनुहुँदैन भन्ने जनस्तरबाटै आवाज उठेको छ। सबै राजनीतिक दलले पनि यो मान्यता राखेका छन् ।”

उनले जनता र दलहरूको उदारताको नाजायज फाइदा उठाएर ज्ञानेन्द्रले फेरि हिंसा र गुन्डागर्दी मच्चाउन सक्ने चेतावनी दिए ।

दाहालले चैत १५ को घटनालाई लिएर राजावादी सभालाई ‘हत्यारा र गुन्डाहरूको सभा’ र गणतन्त्रवादीहरूको सभालाई ‘हिरोहरूको सभा’ को संज्ञा दिए । “तिनकुनेमा जे भयो, त्यो ज्ञानेन्द्रको मूर्खता र विवेकहीनताको परिणाम हो। यो घटनाले गणतन्त्रवादीको उचाइ र राजावादीको निचता प्रस्ट भएको छ,” उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना गरे ।

माओवादीले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि तराई–मधेस जागरण अभियान चलाएको र मध्यपहाडी राजमार्ग हुँदै जनतामाझ पुग्ने तयारी गरेको दाहालले जानकारी दिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर