एमाले सिन्धुलीले गणतन्त्रको पक्षमा जागरणसभा गर्ने

सिन्धुली । मूलुकमा राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ ।

एमाले सिन्धुलीको शुक्रबार बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले जागरणसभाको आयोजना गर्न लागिएको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गतिविधी बढेपछि सिन्धुलीको तीन स्थानबाट एमालेले जुलुसहरु निकाल्ने कार्यक्रम तय गरेको छ । जस अनुसार माझीटार, लक्ष्मणचोक र धुरावजार शिरानलाई आर्क तोकिएको छ भने त्यसमा नेतृत्व गर्ने केन्द्रीय सदस्य र पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको घिसिङले बताए ।

जस अनुसार माझीटार चोकमा एमाले केन्द्रीय सदस्य सुवास देवकोटा, प्रदेश कमिटी सदस्य प्रलाद पोखरेल, डम्बर कार्की, डोरकुमारी कार्की र जिल्ला उपाध्यक्ष घिसिङ, लक्ष्मणचोकमा केन्द्रीय सदस्य गणेश पहाडी, प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल र जिल्ला उपसचिव दिपेश वराल र धुरावजार शिरानमा कमलजंग राई, उमा कोइराला, निरु दर्लामी, प्रदेश कमिटी सदस्यहरु गणेश बुढाथोकी, गोविन्दलाल माझी र उपसचिव पार्वती भट्टराईले आर्कको नेतृत्व गर्ने छन् ।

नेकपा एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले १८ गतेको कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीसमेत वाडफाँड गरेको घिसिङले बताए ।

बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा सिन्धुलीका ९ वटै स्थानीय तहमा उपस्थित गराउन कोटासमेत तोकिएको छ । जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र सचिव नवराज थिङद्धारा जारी निर्देशनमा चैत १७ गते कार्यक्रममा उपस्थित हुने नेता कार्यकर्ताहरुको नाम र ठेगाना उपलव्ध गराउनसमेत भनिएको छ ।

प्रचार विभाग प्रमुख घिसिङले कार्यक्रमलाई व्यविस्थत ढंगले सञ्चालन गर्न स्वयमंसेवक पनि परिचालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख वक्ता जिल्ला इज्चार्ज एवम् एमाले केन्द्रीय सदस्य मनोजजंग थापा रहनुहुने बताइएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर