अनेरास्ववियुबाट स्ववियु निर्वाचितलाईं बधाई

सिन्धुली । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा जिल्लाबाट अनेरास्ववियुका तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल तिनपाटन गाउँ कमिटीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।
नेकपा एमाले तीनपाटन गाउँपालिकाको कार्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको राष्ट्रिय युवा संघ नेपाल तिनपाटन गाउँ कमिटीले जनाएको छ ।
स्वतन्त्र विद्यार्थी य्नियन (स्ववियू) को निर्वाचनमा सिन्धुलीको त्रीपुरेश्वर शिक्षा क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्ष, उपाध्यक्ष, सह सचिव सहित ४ सदस्य, लाम्पान्टर बहुमुखी क्याम्पसमा सचिव सहित ५ सदस्य र तिनपाटन बहुमुखी क्याम्पसमा अध्यक्ष, कोषाध्यक्ष सहित २ सदस्य निर्वाचित भएका थिए ।
युवा संघ तिनपाटन गाउँ कमिटीका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षता तथा पार्टी प्रदेश कमिटी सदस्य प्रदिप कटुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा संघ जिल्ला कमिटी उपाध्यक्ष पोस्टराज काफ्ले, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य छत्र बहादुर दाहाल, जिल्ला कमिटी सदस्य पदम माया तामाङ, तीनपाटन पालिका कमिटि अध्यक्ष बुद्धिमान तामाङ, पालिका कमिटी उपाध्यक्ष गोबिन्द बहादुर राउत, पालिका कमिटी सचिव मायानाथ पहाडी, युवा संघ जिल्ला कमिटी सदस्य प्रेम लामिछाने र नवीन श्रेष्ठ, अनेरास्ववियु जिल्ला सचिब अजय तामाङ र सिन्धुली बहुमुखी क्याम्पसका नबनिर्वाचित स्वबियु अध्यक्ष तुलसिराम भुजेल लगाएत निर्वाचित स्वबियु पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया