सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः अर्जुन श्रेष्ठ निर्वाचित

सिन्धुली। सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन् । राजकुमार श्रेष्ठलाई २०९ मतले पछि पार्दै श्रेष्ठ पुनः दोहोरिएका हुन् ।
हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य पदमा अर्जुन कुमार श्रेष्ठले ५ सय ९७ मत पाएका थिए भने राजकुमार श्रेष्ठले ३ सय ८८ मत ल्याएका मत ल्याएका थिए ।
यस्तै, बरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ विजयी भएका छन् । अर्जुन प्यानलका वीरबल चौधरीलाई ४४ मतले पछि पार्दै स्वतन्त्र उमेद्वार बनेका श्रेष्ठ विजयी भएका हुन् । वीरबल चौधरीले ४ सय ५१ मत प्राप्त गरेका थिए ।
वस्तुगत उपाध्यक्षमा राम राजभण्डारी निर्वाचित भएका छन् । विजय बस्नेतलाई ३ मतले पराजित गर्दै राजभण्डारी विजयी भएका हुन । कुल १४ मत मध्ये राजभण्डारीले ११ र बस्नेतले ३ मत पाएका थिए ।
महासचिवमा अर्जुन प्यानलका बासु प्रसाद भेटवाल ६ सय ४६ मत सहित विजयी भएका छन् । भने उनले प्रतिस्पर्धी मेघ बहादुर कार्कीलाई ३ सय ८० मतान्तरले पराजित गरेका हुन् । कार्कीले २ सय ६६ मत प्राप्त गरेका थिए।
त्यस्तै उपमहासचिवमा नेत्रजंग थापा (प्रयास) विजयी भएका छन् । उनले युवराज श्रेष्ठ (आकाश) लाई ५७ मतले पराजित गरेका हुन् । स्वतन्त्र उमेद्वारी दिएका थापाले ४ सय ४१ मत र अर्जुन प्यानलका श्रेष्ठले ३ सय ७४ मत पाएका थिए ।
उपमहासचिवकी उमेद्वार सोनी कुमारी झाले भने १ सय ४ मत मात्रै प्राप्त गरिन् । भने महिला सचिवमा ५ सय ४१ मत सहित विजयी हाँसिल गरिन् । उनको निकट प्रतिस्पर्धी रेजिना श्रेष्ठले ३ सय ४१ मत प्राप्त गरिन् ।
खुला सदस्यहरुमा अर्नुन श्रेष्ठ प्यानलका राम बहादुर विश्वकर्मा ६ सय १०, संजय साह ७ सय ६२, हिमेश श्रेष्ठ ७ सय ५४, राज कुमार श्रेष्ठ ६ सय ८९ र रामचन्द्र पौडेल ५ सय ६७ मत सहित विजयी भएका हुन ।
त्यसैगरी उद्योग उपाध्यक्ष रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्ष नवीन श्रेष्ठले, शाखा उपाध्यक्ष नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्ष टिका कुमारी थापा, कोषाध्यक्ष विष्णु कुमार श्रेष्ठ, सह–कोषाध्यक्ष लालमान तामाङ, उद्योग सचिवमा प्रकाश काफ्ले, वाणिज्य सचिव गोविन्द खड्का, आजीवन सदस्यमा दिगम्बर चौधरी, एसोसिएट सदस्य शाह आलम साफी, र महिला सदस्य ललिता न्यौपाने यसअघिनै निर्विरोध निर्वाचित भईसकेका थिए ।
यस्तै, नवनिर्वाचित अध्यक्ष अर्जुन कुमार श्रेष्ठले अबो तीन वर्षको कार्यकालमा साना करदाताहरुलाई कर बुझाउन सहज बनाउने सिन्धुलीको जंगल र जुनारका साथै कृषिको क्षेत्रमा प्रचुर सम्भावना भएकाले त्यस क्षेत्रलाई आधुनिकीकरण गर्दै आय आर्जनको मुख्य स्रोत बनाउने, बजार व्यवस्थापन र कृषिमा भएका उत्पादनहरुलाई अन्य जिल्लातिर निकासी गर्ने वातावरण बनाउन लाग्ने जनाएका छन् ।
३१ जनाले उम्मेदवारी दर्ता गराएकोमा १२ जना निर्विरोध निर्वाचित भइसकेका थिए भने अध्यक्ष,बरिष्ठ उपध्यक्ष, वस्तुगत उपाध्यक्ष, महासचिव, उपमाहासचिव र खुल्ला सासयमा सहमति जुटाउन नसकेपछि निर्वाचनको पद्धती अपनाई नेतृत्व चयन गरिएको हो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम